एनआईसी एशिया लघुवित्तले ब्याजमा ६ प्रतिशतसम्म छुट दिने

  २०७७ असार ८ गते १५:२३     विकासन्युज


काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्जाको ब्याजदरमा ६ प्रतिशतसम्म छुट दिने भएको छ । लघुवित्तले यस संस्थाबाट कर्जा लिएका ऋणीले असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यूनतम १ प्रतिशत र अधिकतम ६ प्रतिशत छुट दिने भएको हो ।

नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा संस्थाले उक्त सुविधा दिने भएको हो । यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुने संस्थाले जनाएको छ ।

साथै, साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सबै क्षेत्रका कर्जाहरूमा लागू हुनेछ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न वित्तीय संस्थाले यस्तो योजना ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.