गुहेश्वरी मर्चेण्ट फाईनान्स एससीटी नेटवर्कमा आवद्ध, डिजिटल भुक्तानी सेवा दिने

  २०७७ असार ८ गते १३:३४     विकासन्युज


काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स लिमिटेड स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग आवद्ध भएको छ । फाईनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उदेश्यले आइतबार दुई संस्था बीच औपचारिक सम्झौता भएको हो ।

सम्झौतामा एससिटिका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र गुहेश्वरी फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसबाट गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्सका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त हुनेछन् ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको बताइएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.