बीमा कम्पनीले कोषको रकम वाणिज्य बैंकमा राख्न समितिकाे निर्देशन

  २०७७ असार ७ गते १९:०४     विकासन्युज

काठमाडाैं । बीमा कम्पनीहरुले टेक्निकल रिभर्ज कोषको रकम अब सिधैं क बर्गका बाणिज्य बैंकमा राख्न बीमा समितिले निर्देशन दिएकाे छ । आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरसको कारण पूर्व स्वीकृति दिन नसकिएकोले सिधैं वाणिज्य बैंकमा मुद्दति निक्षेपमा राख्न निर्देशन दिएकाे हाे ।

समितिले कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा यस्ताे व्यवस्था गरिएकाे हाे ।

‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ मा कूल टेक्निकल रिजर्भलाई आधार मानी सोको सीमाभित्र लगानी गर्नुपर्ने व्यवस्था भएको र निर्देशिकामा तोकिएको सीमाभन्दा बढि भएकोमा समितिको पूर्व स्वीकृति लिई मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा बीमकहरुलाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका बैंकहरुको मुद्दति निक्षेपमा बीमकको आफ्नै निर्णय अनुसार लगानी गर्न दिई सो रकमलाई सोल्भेन्सी प्रयोजनार्थ गणना योग्य सम्पत्तिमा समावेश हुने गरी गर्न निर्देशिन दिने निर्णय भएकोले सोही बमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ,’ विज्ञप्तीमा भनिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.