अब अनलाइन कक्षा पढाएको पनि शुल्क लाग्ने

  २०७७ असार ७ गते १७:४१     विकासन्युज

काठमाडौं । निजी विद्यालयहरुले  अनलाइन कक्षा पढाएको पनि शुल्क लिने भएका छन्। निजी तथा आवासीय विद्यालय प्याबसन र एनप्याबसनले असार महिनादेखि शुल्क उठाउने उल्लेख गरेका छन् ।

असार महिनादेखि शुल्क उठाएर नियमित रुपमा शैक्षिक गतिविधि संचालन गर्ने प्याबसन र एनप्याबसनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’

विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्नाका लागि समेत उनीहरूले आग्रह गरेका छन् । सामाजिक दूरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । प्याब्सन र एनप्याब्सनले घुमाउरो भाषामा अनलाइन कक्षाको शुल्क उठाउने स्पष्ट संकेत गरेको छ।

उनीहरूले वैशाखदेखि नै अनलाइन कक्षाहरू सञ्चालन भएको उल्लेख गरेका छन्। भर्ना भएका विद्यार्थीहरुलाई उपयुक्त माध्यमबाट पाठ्यपुस्तक लगायतका आवश्यक शैक्षिक सामाग्रस् व्यवस्थापन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.