विद्यार्थी र शिक्षकलाई लक्षित गर्दै भायानेटले ल्यायो हाई स्पीडको प्याकेज

  २०७७ असार ७ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सर्भिस प्रदायक भायानेटले ई-लर्निङ्ग र टिभीप्लस नामक दुई नयाँ प्याकेजहरु ल्याएको छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो ।

भायानेटको नयाँ ई-लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबीपीएससम्म दोब्बर गर्न सक्छ र अन्य समयमा २५ एमबीपीएसमा संचालन हुन्छ ।

यस प्याकेजमा ‘फोकस मोड’ विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता विशेष सेवाहरु समावेश छन् । ‘फोकस मोड’ विशेषता भायासेक्योरद्वारा पावर गरिएको छ र यसको मद्दतले समस्त ध्यान विचलित गर्ने अनलाइन चिजहरु जस्तै कि गेमहरु, युट्यूब, फेसबुक र अन्य थुप्रै साइटहरु एक क्लीकमै असक्षम गर्न प्रयोगकर्तालाई सहयोग मिल्छ ।

यसले विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई उनीहरु आफ्नो काममै ध्यान दिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्दछ । यसैगरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथ पज् र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषताहरु छन् ।

ई-लर्निङ्ग प्याकेज प्रति महिना १ हजार ७ सय रुपैयाँमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.