सुनकाे मूल्य ७ सयले बढ्याे, प्रतिताेलाकाे कति ?

  २०७७ असार ७ गते ११:२५     विकासन्युज

काठमाडाैं । आज आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आज आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । गत शुक्रबारको तुलनामा सुनको प्रतितोलामा सो मूल्यको वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज आइतबार एकै दिन ७ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यस्तै, चाँदी शुक्रबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.