शिक्षाविद् एवम् समाजसेवी जोशीको निधन

  २०७७ असार ६ गते १७:४८     विकासन्युज

काठमाडौं । शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको शनिबार निधन भएको छ । ८९ वर्षिय जोशीको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा  दिउँसो पौने ३ बजे निधन भएकाे हाे ।

तीन सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो । उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।  जोशी पद्माकन्या क्याम्पसको संस्थापक हुन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन् । जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् ।

जोशी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन् । उनले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् । जोशीको केही बेरमा पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.