‘चिया पसल खुल्दा पनि देशको क्यापिटल मार्केट बन्द हुनु दुर्भाग्य नै हो’

  २०७७ असार ५ गते १८:५३     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले एउटा चिया पसल खुल्दा पनि देशको क्यापिटल मार्केट बन्द हुनु भनेको दुर्भाग्य नै रहेको बताएका छन् । लकडाउन खुकुलो हुँदा पनि नेपालको पुँजीबजार बन्द अवस्थामा रहेकोमा चिन्ता व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

अब पनि यो अवधिलाई थप लम्ब्याइयो भने कसैलाई पनि फाइदा नहुने उनको तर्क रहेको छ । आइतबारसम्म ठिकै छ । तर, सोमबारबाट भने कुनै पनि हालतमा खोल्नु पर्ने उनी बताउँछन् ।

‘सबै कार्यालयहरु खुलिसके । हाम्रो मार्केट मात्रै बन्द गर्ने कुरै भएन । सधै बन्द गरेर मात्रै कसरी राख्न सकिन्छ । अब त कुनै पनि हालतमा खोल्नु पर्छ भन्ने पक्षमा छौं । हामीले रेगुलेटरलाई पनि त्यहि भनेका छौं ।’ रानाभाटले भने- ‘त्यसैले आईतबारसम्म हेरौं । त्यसपछि पनि भएन भने हामी कार्यालय चलाउन नसक्ने अवस्थामा पुग्छौं ।’

ब्रोकरको तर्फबाट तयारी हुनु पर्ने काम केही पनि नरहेको बताउँदै उनले भने- ‘लकडाउनको अवधिमा स्टाफहरु अलि अलि बाहिर हुनुहुन्थ्यो । यहि भएका स्टाफहरु पनि आउने कुरा थिएन । पास चाहिन्छ भनेर हामीले पास भन्यौं । पासबाट दुइ दिनभए नि काराेबार गर्याै । तर आजको दिनमा सबै कार्यालय खुलिसक्यो । यहिका स्टाफहरुले काम गर्न पनि सकिने अवस्था थियो । त्यहि माथि बाहिरका स्टाफहरु पनि मार्केट खुल्न लाग्यो भनेर सबै आईसके । तर, मार्केट खुलेको छैन ।’

पछिल्लो एक सातादेखि सबै ब्रोकर कार्यालयहरु खुलिसकेको जानकारी दिँदै उनले ब्रोकरको साइडबाट कुनै पनि काम रोकिएको छैन र कुनै पनि हालतमा नरोकिने उनले जनाए ।

‘हाम्रो मान्छे बाहिरबाट आउन तथा ल्याउन नसकेर कुनै पनि सेवा सुविधा दिन समस्या छैन । यहिका स्टाफले जति पनि सेवा सुविधा दिन सक्छौं । लकडाउनको बीचमा पनि दुई दिन कारोबार खुलेकै हो । यहिका स्टाफले सेवा सुविधा दिएकै थियौं । दोश्रो, बाहिरबाट पनि आईसके । त्यसैले ब्रोकरको कारण देखाएर मार्केट बन्द गर्न पाइदैन ।’- रानाभाटले विकासन्युजसँग भने ।

सबै ब्रोकरहरु बजार खोल्नलाई एकदिन पनि ढिला गर्नु हुन्न भन्ने पक्षमा रहेको बताउँदै उनले भने- ‘बिहीबारसम्म केहि तयारीको लागि बन्द गराैं भनेर बन्द गरिएकाे हो । अब फेरि अरु बहाना बनाएर मार्केट बन्द पाइदैन ।’

One comment on "‘चिया पसल खुल्दा पनि देशको क्यापिटल मार्केट बन्द हुनु दुर्भाग्य नै हो’"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.