शुक्रबार तीन देशबाट ल्याईयो २३ नेपालीका शव

  २०७७ असार ५ गते १७:१०     विकासन्युज

काठमाडौं । शुक्रबार विभिन्न तीन देशबाट २३ नेपालीको शव काठमाडौं ल्याईएको छ । शुक्रबार विभिन्न तीन देश कतार, यूएई र कुवेतबाट गरी उक्त शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

बोर्डका निर्देशक दिनबन्दु सुवेदीका अनुसार कतारबाट २०, कुवेतबाट २ र युएईबाट १ गरी जम्मा २३ नेपालीकाे शब स्वदेश ल्याईएको हो । जसमध्ये ७ जनाको शव काठमाडौंको पशुपतिमा दाहसस्कार गरिने उनले जानकारी दिए ।

चार्टर्ड उडान शुरु भएसँगै विदेशमा ज्यान गुमाएका नेपालीकाे शव ल्याउने काम भइरेहेकाे बाेर्डले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.