नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता पायो पुरै पैसा

  २०७७ असार ४ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको पुरै पैसा फिर्ता पाएको छ । इन्भेष्टमेन्ट बैंकले ८५ करोड रुपैयाँ नेपाली र ८७ लाख ५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको हाे ।

यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो ।

यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुदृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो ।

तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंकको उक्त रकम फसेको थियो ।

बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो ।

उक्त कम्पनीले बीचैमा काम छोडेर हिँडेपछि लेनदेनको विवाद अदालतसम्म पुगेको थियो । इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेपछि बैंकले सबै रकम फिर्ता पाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.