पुँजीगत लाभकरलाई अन्तिम कर मान्ने व्यवस्था मिलाउन बोर्डको आग्रह

  २०७७ असार ३ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई आग्रह गरेको छ । लामो समयदेखि कर कार्यालय तथा लगानीकर्तामा देखिएकाे दुविधालाई स्पष्ट गरिदिन बाेर्डले उक्त अनुरोध गरेको हो ।

हाल धितोपत्र बजारको पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ । केही कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेका थिए तर केहीमा भने अझै उक्त विषयमा दुविधा रहेको थियो ।

त्यसैले, लगानीकर्ताले लामो समयदेखि तिर्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्थाका लागि माग गर्दै आइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.