अन्तर्राष्ट्रिय विद्यार्थी अर्को महिनादेखि अष्ट्रेलिया जान सक्ने

  २०७७ असार २ गते १८:२०     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाले अर्को महिनादेखि अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन सुरु गर्ने भएकाे छ । २०२० सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्न भन्दै आएकाे अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने भएकाे हाे ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट माेरिसनले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी भित्र्याउने योजना परीक्षणका रुपमा अगाडि बढाइने बताएका छन् । उचित क्वारेन्टिनकाे व्यवस्था गरेर विद्यार्थीहरु भित्राईने उनले बताएका छन् ।

अष्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि संयुक्त राज्य अमेरिका र बेलायत पछाडि तेस्रो सबैभन्दा लोकप्रिय गन्तव्य हो। २०१८ मा मात्रै अष्ट्रेलियामा ५ लाख ४८ हजार अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना भएका थिए। उक्त सालको डाटा अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा २४ खर्ब भन्दा बढी योगदान पुर्याएका छन्।

नेपालमा पनि मंगलबारबाट कन्सलटेन्सीहरु खुलेका छन् र अन्तर्राष्ट्रिय उडान खुल्ने बित्तिकै एनओसी पनि खुल्ने बताईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.