पर्यटन मन्त्रालयले एयर अरेबियाको उडान प्रस्ताव रोक्यो

  २०७७ असार १ गते १९:५५     विकासन्युज

काठमाडौं । अन्तरराष्ट्रिय वायुसेवा कम्पनी एयर अरेबियाले तोकिएको भाडादरभन्दा बढी भाडा लिएर नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ । अरेबियाले दुबई–काठमाडौँका लागि ५ सय डलर लिएर उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महङ्गो भएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

मन्त्री भट्टराईले नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एयलाइन्सको भन्दा सस्तोमा जुनसुकै एयरले पनि नेपालीलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको बताए । नेपाल एयरलाइन्सको दुबई काठमाडाँैको भाडादर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाडाँै लिएर आएको थियो ।

पर्यटन मन्त्रालयले यसअघि पनि सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेको थियो । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मन्त्रालयको प्रस्तावित भाडादरअनुरुप उडान गर्न सहमत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.