हिमालय एअरलाइन्सको चार्टर उडानकाे तालिका सार्वजनिक

  २०७७ असार १ गते १४:२६     विकासन्युज

काठमाडौं । हिमालय एअरलाइन्सले विदेशबाट नेपाली नागरिक ल्याउने चार्टर उडानको तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले सोमबार एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो ।

एअरलाइन्सले जुन १६ मा श्रीलङ्काको कोलम्बो , माल्दिभ्सको मालेबाट नागरिक ल्याउने छ भने जुन १७ तारिख बंगलादेशको ढाका र सिंगापुर कम्कोडिायाबाट नेपालीलाई नागरिकलाई स्वदेश ल्याउने छ।

यस्त्तै, जुन १८ तारिख मलेसिसयाको क्वालालम्पुर र साउदी अरयिबा दमामबाट ल्याउन जानकारी दिएको छ। जुन १९ तारिखमा पनि साउदीबाट ल्याउने दोस्रो उडान रहेको छ भने सोही दिन माल्दिभ्स मालेबाट पनि ल्याउने छ ।

यस्तै, जुन २० तारिखका दिन युएईको अबुधावी र बंगलादेशको ढाकाबाट पनि नेपाली नागरिक ल्याउने कार्यतालिका रहेको छ । एअरलाइन्सले ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्डर उडान हुने बताएको छ ।

एअरलाइन्सले काेलम्बाे र मालेकाे क्रमश: ३८० र १६५ अमेरिकी डलर, कम्कोडिाया र क्वालालम्पुर क्रमश: ५२० र ३७२ अमेरिकी डलर र दमाम र माल्दिभ्स क्रमश: ४६५ र ४८० अमेरीकी डलर ताेकिएकाे छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.