मोटर बीमाको बीमकलाई लिखित जानकारी दिन समितिको निर्देशन

  २०७७ जेठ ३२ गते १८:४७     विकासन्युज

काठमाडाैं । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको परिपत्रबमोजिम थन्किएको अवधिका बारेमा बीमकलाई पूर्वसूचना दिन भनेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सोमबारदेखि लकडाउनको ढाँचा परिवर्तन हुने निर्णय भएकाले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम बीमकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको हो । समितिले बीमकलार्ई लिखित रुपमा पूर्वसूचना दिई सोहीअनुसार गर्न÷गराउनु हुन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.