असार १ गतेदेखि टिभी र रेडियो मार्फत कक्षा १० सम्मको पढाई हुँदै, यस्ताे छ तालिका

  २०७७ जेठ ३२ गते १६:०३     विकासन्युज

काठमाडौं । लकडाउनको कारण शैक्षिक संस्थाहरु लामो समय बन्द रहेका छन् । केही विद्यालयहरुले अनलाईन कक्षा संचालन गरिरहेको छन् तर अधिकांश विद्यालयहरु अनलाईनमा सबै विद्यार्थीहरु समेट्न सम्भव नहुँदा कक्षा राम्रोसँग संचालन गर्न पाईरहेका छैनन् ।

यसैलाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखि रेडियो र टिभी मार्फत विद्यालयका विद्यार्थीहरुलाई पढाउने भएको छ । यो लकडाउनको समयमा अधिकांश विद्यार्थीहरुले समेट्ने उदेश्यको साथ सरकाले टिभी र रेडियो मार्फत पढाउन लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द«ले यसको व्यजस्था गरेको हो । केन्द्रको अनुसार कक्षा १ देखि कक्षा ८ सम्मको विद्यार्थीको लागि एनटिभी मार्फत दैनिक बिहान १० बजेदेखि ३ बजेसम्म पढाई हुनेछ । प्रत्येक कक्षा ३५ मिनेटको हुने केन्द«ले जनाएको छ । यस मार्फत अंग्रेजी, गणित र नेपाली पढाई हुनेछ ।

यस्तै डिसहोम, नेट टिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानल मार्फत कक्षा ९ र कक्षा १० को पढाई हुने केन्द्रले बताएको छ । कक्षा १० को बिहान १० बजेदेखि ११ ५५ सम्म ३५–३५ मिनेटको कक्षा संचालन हुने र कक्षा ९ को दिउँसो १२ बजेदेखि २ बजेसम्म ३ वटा भिन्न विषयको कक्षा संचालन हुनेछ । विज्ञान, अंग्रेजी, गणित, नेपाली, सामाजिक, जनसंख्या वातवरणको पढाई यस मार्फत हुनेछ ।

काठमाडौं महानगरपालिकाले पनि मेट्रो एफएम मार्फत कक्षा १ देखि १० कक्षा सम्मको विद्यार्थीलाई पढाउन सुरु गरिसकेको छ । मेट्रो एफ. एम. ९४ थोप्लो ६ मेगाहर्जकाे रेडियो शिक्षा कार्यक्रम मार्फत महानगरपालिकाले पढाउन सुरु गरेकाे हाे । देशभर विभिन्न ठाउँमा रेडियो मार्फत पढाई सुरु भईसकेकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.