एसईईका सबै विद्यार्थीलाई ‘ए प्लस’ दिन दवाव !

  २०७७ जेठ ३० गते २०:१७     विकासन्युज

काठमाडौं । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै निजी विद्यालयले कसरी विद्यार्थीहरुर्लाइ नम्बर दिने भन्ने पनि दबाव परेको छ । सरकारले आन्तरिक मुल्याकंनका आधारमा एसइईको ग्रेडसिट दिन भनेर निर्देशन दिए पनि निजी विद्यालयमा भने अर्कै प्रकारको चलखेल सुरु भएको छ।

अहिले निजी विद्यालयका अभिभावकहरुले निजी विद्यालयहरुलाई सबैलाई ए प्ल दिन भनेर दवाव दिने कुरा बाहिरिएकाे छ । सरकारले आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेडसिट दिने निर्णय गरेपनि अभिभावकले भने सबैलाई ए प्लस दिन भनेर दबाब सुरु गरेका हुन् ।

परीक्षाको मानसिक तनावमा रहेका विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट ग्रेडसिट दिने निर्णयले राहत भएको छ । तर, विद्यार्थीको क्षमताअनुसार आन्तरिक मूल्यांकन सही नभएमा राम्रा विद्यार्थीलाई भने असर पक्कै पर्नेछ।

यसरी सही मूल्यांकन नभए पौने पाँच लाख विद्यार्थीको उच्च शिक्षा र विषय छनोटमा प्रभाव पर्ने पनि देखिन्छ ।
सरकारको निर्णय सञ्चारमाध्यममार्फत जानकारी पाएपछि निजी विद्यालयका अभिभावकले विद्यालय सञ्चालक र शिक्षकलाई दबाब दिन थालेको खुलेको हो ।

स्रोतका अनुसार सरकारले यो निर्णय गरेसँगै विद्यार्थीलाई ए प्लस दिनुपर्छ भन्ने दवाव आइरहेको छ । नम्बर कसरी दिने भन्ने समस्या नियमित विद्यार्थी भन्दा पनि आशिंक विद्यार्थीहरुको लागि झन बढी छ। नियमित विद्यालयमा नआउने उनीहरुको मुल्याकंन कुन आधारमा हुन्छ भन्ने विषय पनि अनिश्चित नै छ ।

नियमिततर्फका विद्यार्थीको शैक्षिक संस्थाले आन्तरिक परीक्षा लिएको र उनीहरूको रेकर्ड हुने सम्भावना भए पनि आशिंक विद्यार्थीको भने त्यो कुनै रेकर्ड हुँदैन । यसले पनि चलखेल बढ्न सक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.