सडक विस्तार गर्न विश्व बैंकको ५४ अर्ब रुपैयाँ ऋण, नागढुंगा- नौविसे सडक खण्डलाई लाभ

  २०७७ जेठ २९ गते १३:२०     विकासन्युज

काठमाडाैं । नेपालको सडक पूर्वाधार विकास गर्नका लागि विश्व बैंकको ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ ) ऋण दिने भएकाे छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ।

कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिकएको बैंकले जनाएकाे छ ।

नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार सुधार आयोजनाका लागि स्वीकृत भएको यो ऋणबाट विशेषगरी नागढुंगा- नौविसे- मुगलिङ सडक खण्डको स्तरोन्नति तथा कमला- ढल्केबर- पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुने छ।

नेपाल स्ट्राटेजिक रोड कनेक्टिभीटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तगर्तको यो सहयोग मुलत नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केवर–पथलैया सडकको सुधार र स्तरोन्नतीमा खर्च हुनेछ ।

नागढुंगा–नौबिसे–मुग्लिन सडक बिस्तारका लागि अर्थ मन्त्रालय र विश्व बैंंकबीच गत वर्षदेखि नै छलफल भइरहेको थियो । यो खण्ड विस्तारका लागि  २० अर्ब रुपैयाँ ऋण लिने सरकारको तयारी थियो । यस अघि नारायणगढ–मुग्लिन सडकको विस्तार पनि विश्व बैंककै ऋण सहयोगमा गरीएको थियो ।

‘यी दुई सडक नेपालको कनेक्टभिटी तथा भारतलगायत अन्य देशहरुको सँगको व्यापारका लागी महत्वपुर्ण रहेको छ’, विश्व बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यी दुवै सडक भारत र अन्य देशसँग नेपालले गर्ने व्यापारको लागि महत्वपूर्ण भएकाले यसको स्तरोन्नतीमा विश्व बैंकले सहायता उपलब्ध गराएको बताएको छ।

यसबाहेक, उक्त सहायताबाट राष्ट्रिय सडक सुरक्षा परिषद र सडक विभागको क्षमता अभिवृद्धीमा र अतिव्यस्त सडकहरूको स्तरोन्नती समेत हुने विश्व बैंकले बताएको छ। नेपालका लागि विश्व बैंकका राष्ट्रिय म्यानेजर फारिस हदाद जार्भोसले सडक आयोजनाहरूको सुधारमा खर्च हुने रकमले नेपालमा कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असर न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राखिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.