गायक अधिकारीको नयाँ गीत सार्वजनिक

  २०७७ जेठ २८ गते १३:३८     विकासन्युज

काठमाडाैं । गायक  पुष्पबिक्रम अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । उनकाे जवदेखि मैले होस पाएँ बाेलकाे गीत सार्वजनिक भएकाे हाे ।

म त सूदुरपश्चिमेली ठीटो बाेलकाे गीतबाट चर्चामा आएकाे उनकाे याे गीतले पनि दर्शक स्राेताकाे मन जित्न सक्ने उनले विश्वास लिएका छन् ।  सुदूरपूर्वको भाषा र संस्कृति बोकेको परिवारमा जन्मेका पुष्पबिक्रम अधिकारी सुदूरपश्चिमकाे समाजमा हुर्किए सँगै सुदूरकै पहिचान दिने खालमा रचना गरिरहेका छन् ।

नेपाली लोकपप शैलीको मेलोडी गीत “जव देखि मैले हाेस पाएँ” गायक अधिकारीले आफै रचना गरेका हुन भने संगीत समेत आफै तयार गरेका हुन । गीतमा अधिकारीको गायकी, सङ्गीत संयोजन र रचना सशक्त र परिपक्व छ । गीतको म्युजिक भिडियो पनि आजै अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा कलाकार विशाल रावत, पुजा चन्द र बाबा सिंहको उत्कृष्ट अभिनय रहेको छ भने गायक अधिकारीकै जीवनसङ्गिनी विजया आचार्य अधिकारीको कन्सेप्ट र कोरियोग्राफी रहेको छ ।

भिडियाे हेर्नुस्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.