डिजिटल प्रविधिमा अगाडी बढ्दै छिमेक लघुवित्त, लघुवित्त क्षेत्रमै पहिलो अनुभव

  २०७७ जेठ २७ गते १९:१८     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था डिजिटल प्रविधिमा अगाडी बढ्न ईसेवा फोनपेसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ईसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् ।

संस्थाका ग्राहक सदस्यहरुलाई डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन लघुवित्तले उक्त सम्झौता गरेको हो ।

यसबाट वित्तीय संस्थाका ग्राहकहरु र कर्मचारीहरुलाई प्रविधिमा अभ्यस्त गराउँदै वित्तीय कारोबारमा निकै नै सहजता र लागत कम हुनेमा विश्वास गरिएको छ । यो कार्यक्रम नेपालको लघुवित्त क्षेत्रमा पहिलो अनुभव हो ।

लघुवित्तका ग्राहकहरुलाई लक्षित गरि संचालन गर्न लागिएको यस प्रविधि मार्फत ग्राहकहरुले आफ्नो घर घरबाटै भुक्तानी गर्न सकिने छ । जसले ग्राहककाे समयको बचत हुनुको साथै आर्थिक व्ययभार समेत कम हुनेछ र समय अनुसार प्रविधिको सदुपयोग हुनेछ ।

हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ जस्ता विषम परिस्थितीको कारण बैकिङ क्षेत्रमा पारेको वा पार्न सक्ने भुक्तानी प्रणालीलाई यस प्रविधिले ठुलो टेवा पुर्याउनेमा विश्वास राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.