दमौलीमा पठनपाठनमा सहयोग पु¥याउन ‘रेडियो स्कूल कक्षा कार्यक्रम शुरु’

  २०७७ जेठ २७ गते १४:३४     विकासन्युज

दमौली ।  शिक्षा विकास तथा समन्वय एकाइको समन्वय तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशको सहकार्यमा रुम टु रिड तनहुँले ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले तनहुँमा ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरिएको हो ।

वैकल्पिक विधिको प्रयोगबाट बालबालिकाको पठनपाठनलाई सहयोग पु¥याउन सदरमुकाम दमौलीस्थित मादीसेती एफएमबाट कार्यक्रम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत लालबहादुर खड्काले जानकारी दिए । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै बालबालिकाको पढाइबाट ध्यान नहटोस् र उनीहरुलाई विभिन्न विषयको रचनात्मक ढङ्गले ज्ञान प्रदान गर्न कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरेर ।

विद्यालय जान नपाएको अवस्थामा उक्त कार्यक्रममार्फत बालबालिकालाई घरमै रहँदा मनोरन्जनात्मक क्रियाकलापमा सहभागी गराउने, प्रतिभा प्रस्फुटन गर्ने अवसर दिने, सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि प्रोत्साहित गर्ने र विभिन्न विषयको व्यावहारिक ज्ञान प्रदान गरिनेछ । यो कार्यक्रमअन्तर्गत रोचक जानकारी, बाल कविता, कथा, सन्देशमूलक नाटक, कक्षा १ र २ का बालबालिकाका लागि शब्द निर्माण प्रतियोगिता, जीवन उपयोगी शिक्षाले किशोरीमा आएका सकारात्मक अनुभव, बन्दाबन्दीको अवस्थामा बालिका कसरी सुरक्षित रहन सक्छन् भन्नेजस्ता विषय समावेश गरिएको छ ।

विभिन्न विज्ञहरुको सुझाव र अन्तर्वार्ता पनि प्रसारण हुँदै आएको सो कार्यक्रम प्रत्येक दिन बेलुका ५ देखि साढे ५ बजेसम्म प्रसारण गरिएको मादीसेती एफएमका स्टेशन म्यानेजर ओमकार आचार्यले जानकारी दिए । आचार्यका अनुसार रेडियो स्कूलमार्फत बालबालिका एवं विद्यार्थीले बन्दाबन्दी समयको अधिकतम सदुपयोग गरिरहेका छन् ।

कार्यक्रममार्फत विद्यार्थीमा सकारात्मक सूचना तथा जानकारी सम्प्रेषण भई राम्रोे प्रभाव पारेकाले अन्य रेडियोको सहयोगमा कार्यक्रम विस्तार गर्ने योजना रहेको बालिका शिक्षा कार्यक्रमका सहायक मञ्जु लोहनीले जानकारी दिए । रेडियो स्कूल कक्षा कार्यक्रममार्फत मुख्यगरी बालविवाह, यसका बेफाइदा, कोभिड–१९ र बाल मनोविज्ञानमा यसले पारेको असर, महिनावारी, लैङ्गिक भूमिका र प्राचीन धारणाजस्ता विषयलाई नाटक, संवाद, कविता, गीत अन्तर्वार्ताजस्ता माध्यमबाट प्रस्तुत गरिएको छ ।

प्राथमिक तहका बालबालिकालाई लक्षित गरी रुम टु रिडले तनहुँका १०३ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम तथा कक्षा ६ र ७ मा अध्ययनरत १२ विद्यालयका बालिकालाई लक्षित गरी बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.