इन्स्योरेन्स इन्स्टिच्युटले गर्यो विभिन्न देशका विज्ञसँग बीमा बारे वेबिनार

  २०७७ जेठ २६ गते २०:०४     विकासन्युज

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर सम्बन्धी छलफल वेविनार मार्फत सम्पन्न गरेको छ । उक्त छलफल कोरोना महामारीको बेलामा बीमा क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा गरिएको हो ।

छलफलमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं, कार्यकारी निर्देशक राजुरमण पौडेल, इन्स्योरेन्स इन्स्टिच्युट नेपालका सिईओ भोजराज शर्मा, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे उपस्थित थिए ।

यस्तै, सेक्रेटरी जेनेरल इन्स्योरेन्स इन्स्टिच्युट अफ भारतका दिपक गडवाले तथा सिंगापूरका म्यानेजिङ डिरेक्टर स्पेसेलिस्ट रि कन्सल्टेन्सीका एन्ड्यू ह्यारिजको समेत सहभागिता रहेको थियो ।

यसो भने बीमा समिति अध्यक्ष चापागाईंले

कोरोना महामारीका कारण हाल भइरहेको लकडाउनले सामाजिक र आर्थिक क्रियाकलापमा असर पारिरहेको छ । उक्त महामारीको असर बीमा क्षेत्रमा समेत पर्दै आएको छ ।

बीमा समितिले मोटर बीमामा बिमितलाई राहत दिने तथा कोरोना बीमाको समेत थालनी गरेको छ ।

राजुरमण पौडेल, कार्यकारी निर्देशक, बीमा समिति

नेपाली बीमा क्षेत्रले विभिन्न प्रकारका समस्याहरु भोग्दै आएका छन् । विगतमा पनि भुकम्प लगायतका प्रकोपले प्रभाव पारेकोे बीमा क्षेत्रलाई कोरोना महामारीले कहिलेसम्म र कति समय यस्तो अवस्थामा रहनु पर्ने भन्ने एकिन गर्न समेत केही कठिन अवस्थामा अघि बढ्नु परेको छ ।

बीमा क्षेत्रले विगतका समस्याहरुमा समेत लड्दै काम गर्दै आएकाले भोलिका दिनमा थप राम्रो गर्ने निमामकीय लक्ष्य छ ।

यसो भने सेक्रेटरी जनरल गडवालेले

आर्थिक क्रियाकलाप गर्ने संस्था तथा बीमा क्षेत्रको लागि यो एउटा परीक्षण काल हो । अहिले बीमा क्षेत्र लकडाउनपछि कत जाला भन्ने सबैको चासोको विषय छ । भोलिका दिनमा बीमा बजार बढ्ने संकेत भने मिलेको छ ।

अहिले मानिसहरुमा एक किसिमको भय पैदा भएको छ । साथै, बीमा क्षेत्रको महत्व पनि साथसाथै बढ्दै गएकोे छ ।
भोलिका दिनमा बीमा पोलिसी अनलाईनमा किन्नेहरुको संख्या बढ्दै जानेछ । बिमितहरुले बीमा किन्ने शैलीमा परिवर्तन आउँने देखिएको छ ।

दीपप्रकाश पाण्डे

लकडाउनका सुरुवातमा बीमा क्षेत्रलाई केही कठिन भएको थियो । लकडाउनको समयमा कार्यालय आउँन सहज थिएन । केही पासको व्यवस्था भएपछि कार्यालय आउँन सहज भयो तथा फोनले नै बीमाको काम संचालन गर्न सहजिकरण गर्यो ।

लकडाउनको लामोे अवधिमा बिमितलाई निर्जीवन बीमाको तर्फबाट मोटर बीमामा राहत दिने व्यवस्था ल्याउँन आवश्यक भयो । नियामक निकाय बीमा समितिको सक्रियता पनि बीमा कम्पनी तथा बिमितहरुलाई सहयोग पुग्ने प्रकारको रह्यो ।

बिमकको तर्फबाट हेर्दा माइक्रो इन्स्योरन्समा दिइने बीमाले कोरोना बीमाको असहजतामा केही सहजिकरण दिन्छ ।

आर्थिक अवस्था कमजोर भएका तथा विकट ठाउँका बिमितहरुलाई समेत मिल्ने खालका पोलिसी आजको आवश्यकता हो । अनलाईनबाटै स्क्यान गरेर बिमितलाई सहयोग र सहजीकरण गर्न सकिने भएकोले यसलाई सकारात्मक पक्ष मान्न सकिन्छ । अब भनेको डिजिटलाईजेसनबाट नै काम गर्न आवश्यक छ ।

बीमा क्षेत्रमा तेस्रो त्रैमासको सबै हिसाब किताब भइसकेको अवस्था छ । नेपालको अफ्नो रिटेन्सन क्षमता त्यति बलियो छैन । विदेशी कम्पनीहरुसँगको समन्वयमा बीमा काम हुँदै आएको थियो । हवाई बीमामा समेत बीमाशुल्क केही महंगो भएकाले त्यसमा बीमा समिति तथा बीमा कम्पनीहरुले सोच्दै आएका छौं ।

अर्को भनेको कर्मचारी व्यवस्थापनमा समेत समस्या सिर्जना भएको छ । अहिले भनेकोे कर्मचारीहरुलाई प्रोत्साहन गर्न तथा पुरस्कृत गर्न सक्नु पर्ने बेला पनि हो । आजको दिनमा मेहनत गरेका कर्मचारीहरुले भोलिका दिनमा संस्थालाई सघाउँन सक्छन् ।

हामीले सरकारले लागू गरेको लकडाउनको मोडालिटी अनुसार बिमितको सेवा गर्दै आएका छौं । कोरोना पोलिसीले सुरुमा केही भय सिर्जना गरेपनि अहिले मुख्यतः निर्जीवन बीमा कम्पनीहरुले संचालन गर्न सकिन्छ भन्ने आत्मवल बढेको छ ।

शिवनाथ पाण्डे, अध्यक्ष, जीवन बीमक संघ

एकातिर बैकको व्याजदर घटेको अवस्था भने अर्काेतिर कोरोना महामारीले बीमा क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ ।

बीमा क्षेत्रका क्रियाकलापमा ठूलै प्रभाव परेको छ । सबै काम जीवन बीमामा अभिकर्ता मार्फत हुने भएकाले यो क्षेत्र प्रभावित हुन पुगेको छ ।

सामाजिक दूरी कायम गर्नु पर्ने अहिलेको अवस्था र अभिकर्ताविना जीवन बीमामा काम गर्न नसकिने भएकाले असहज अवस्था सिर्जना भएको हो ।

डिजिटल्ली नै काम गर्नु अबको विकल्प हो । सोही कारण इन्टरनेट मोवाइल र कम्प्यूटरबाट बीमा व्यवसाय अघि बढाउने योजना अघि बढिरहेको छ । भुक्तानी सेवा प्रदायक डिजिटल एपहरुले बीमा क्षेत्रलाई अहिले सघाइरहेका छन् ।

एन्ड्यू ह्यारिज

लक डाउनको समयमा सिंगापूरमा सरकारी नीति निर्देशन अनुसार नै काम भयो । अन्य छिमेकी देशहरुमा कोरोना भाइस फैलन थालेपछि यहाँ पनि सतर्कता अपनाइयो ।

बीमा क्षेत्र पनि कोरोना महामारीका कारण प्रभावित हुन पुग्यो । नियामकसँगको संचारले कोराना महामारीमा बीमा क्षेत्रलाई अघि बढ्न मद्दत गर्ने हाम्रो अनुभव रह्यो ।

बीमा क्षेत्रमा अहिले जताजतै डिजिटल्ली किनबेच नै बढेको छ । कहीकतै बीमा क्षेत्रलाई बिमितहरुले केही प्रश्न समेत गर्ने गरेको पाइन्छ । अहिलको अवस्था अनुसार त्यस्ता कुरा आएको हो । किनभने कोरोना महामारीको असर पनि प्रत्यक्ष नै देखिएको छ ।

चर्चामा एक जनाबाट सयौ जनामा कोरोना भाइस फैलिएका समाचारहरु आइरहेको बेलामा पुनर्बीमा कम्पनीहरुले पनि बीमा कसरी कुन मोडलमा गर्ने भन्ने कुरा सोच्न पर्ने अवस्था छ ।

वेबिनारलाई दुई चरणमा विभाजन गरिएको थियो । उक्त वेविनारमा पहिलो चरणमा सबैले आफ्नो विचार तथा प्रिजेन्टेसन राखेका थिए । यस्तै दोस्रो चरणमा केही समीक्षा समेत गरिएको थियो ।

सोमवारको वेविनारलाई इन्स्योरेन्स इन्टीच्युट नेपालका सिईओ भोजराज शर्माले सहजिकरण (संचालन) गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.