फ्लाईओभर नै जाम व्यवस्थित बनाउने उपाय हो: मन्त्री नेम्वाङ

  २०७७ जेठ २६ गते १४:२४     विकासन्युज

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बषन्त कुमार नेम्वाङले काठमाडाैं उपत्यकाकाे जाम व्यवस्थित बनाउने एउटा मात्र उपाय फ्लाईओभर भएकाे बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिदै उनले साे कुरा बताएका हुन्।

उनले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट २२ अर्बले कम रहेको बताउँदै उनले संघीय राजधानीलाई सुन्दर बनाउन, ट्राफिक जामलाई व्यवस्थित बनाउने एउटै मात्र उपाय फ्लाईओभर भएकाे बताएका हुन् ।

लामो समयदेखि महत्वपुर्ण बाटोको रुपमा रहेको पुर्वपश्चिम राजमार्गको ४ लेन विस्तार र निर्माण कार्यलाई थालनी गरिएको र केही वर्ष यसको पुर्णतामा लाग्ने भएकाले हुलाकी सडक चार लेनको बनाउने योजना अहिले भएको उनले स्पष्ट पारे।

उनले सबै निर्वाचन क्षेत्रहरुमा तराई मधेश पूर्वाधार कार्यक्रममा भने सबै निर्वाचन क्षेत्रमा विस्तार गरिएको, पुर्वपश्चिम विद्युतीय रेलमार्गको सबै डीपीआर कार्य सम्पन्न भएको र डीपीआर बमोजिम बर्दिबासमा काम सुरु भईसकेको जानकारी दिए।

राजधानीमा फ्लाईओभर बनाउन छुट्याएको बजेट प्रदेशमा पठाउनुपर्ने भन्ने सांसदहरुको थियाे । तर, उनले भने, ‘फ्लाई ओभरको बजेट प्रदेशलाई पठाउनुपर्ने भन्नुभएको छ, यो होइन, संसारभरीका राजधानीहरु अत्यन्तै व्यवस्थित हुन्छन् । हाम्रो राजधानी धार्मिक, सांस्कृतिक सबै कुराले धनी छ । बाटाहरु साना छन् । ट्राफिक बढ्दो भएकाले जाम नियन्त्रण गर्नुपर्ने भएकाले एउटा दुईवटा मात्रै होइन काठमाण्डौमा साह्रै धेरै आवश्यकता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.