अर्थमन्त्रीले सुनमा कर बढाएसँगै पहिलो दिनमै तोलाको साढे १० हजारले बढ्यो, मूल्यसूची यस्तो छ

  २०७७ जेठ २५ गते ११:५६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट मार्फत सुन तथा गहनामा बर बढ्ने बताएसँगै सुनको मूल्य पनि आकासिएको छ । कोरोना भाइरसले उत्पन्न लकडाउनको कारण बन्द रहेको सुनको कारोबार सुरु भएको पहिलो दिनमै सुनको प्रति प्रति तोलामा साढे १० हजारको वृद्धि भएको हो ।

कोरोनाको संक्रमण फैलिएसँगै गत चैत ११ गतेदेखि बन्द रहेको सुनचाँदीको कारोबार आजदेखि शुरु भएको छ । लामो समयपछि कारोबार भएको सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेकाे छ ।

गत चैत १० गते प्रतितोला ७७ हजारमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८६ हजार ९ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । गत चैत १० गते तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै प्रतितोला ९ सय २५ रुपैयाँ बिक्री भइरहेको चाँदी गत चैत १० गते ७ सय २० रुपैयाँमा बिक्री भएको थियो । अर्थमन्त्री खतिवडाले बजेट मार्फत सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.