‘भारतीय चेलीको दादागिरी’को विषय संसदमा नउठाउन सभामुखको रुलिङ

  २०७७ जेठ २५ गते ११:५९     विकासन्युज

काठमाडाैं । सभामुख अग्नि सापकोटाले ‘भारतीय चेलीको दादागिरी’को विषयलाई लिएर सदनमा आवाज नउठाउन रुलिङ गरेका छन् । दैनिक संसदमा यसरी आराेप प्रत्याराेपमा नउत्रिन उनले रुलिङ गरेका हुन् ।

गत १९ गते नेकपा सांसद गंगा चौधरी सत्गौवाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै ‘भारतीय चेलीको दादागिरी’ बढेको भनेर अभिव्यक्ति दिएपछि विवाद बल्झिएको हो ।

आइतवार राजपा सांसद चन्दा चौधरीले यो विषय उठाएर ‘भारतीय चेलीको दादागिरी’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले पुनः रुलिङ गरेका हुन । ‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिका छलफल गर्छु । यो विषयमा नबोलौं, नत्र मैले माइक काट्नुपर्ने हुनसक्छ,’ सापकोटाले भने ।

नेपालको नक्सा प्रकाशित गरेको विषयमा सरिता गिरीले दिएको अभिव्यक्तिलाई लिएर नेकपा सांसद गंगा चौधरीले गिरीको नाम उच्चारण नगरी ‘भारतीय चेलीको दादागिरी’ बढेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.