डाेटीकाे क्वारेनटाइनमा १९ वर्षिय युवककाे मृत्यु

  २०७७ जेठ २५ गते ९:४८     विकासन्युज

डाेटी । डाेटी जिल्लाकाे केआइसिंह गाउँपालिका–३ स्थित क्वारेनटाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको थियाे ।

भारतबाट गत जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेनटाइनमा राखिएको थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ, क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो’ मृतककाे बाबुले बताए ।

छोरा ढलेपछि स्याहार गर्न बुबा आफैं क्वारेन्टिन बस्ने शर्तमा भित्र पसेका थिए । उनले भने, ‘रातिको समय भएकाले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर  बिहान ३ बजे प्राण त्याग्यो ।’ हाल मृतकका बुबा क्वारेनटाइन मै बसिरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.