अब नियमित रुपमा सुनचाँदीको दरभाउ प्रकाशित

  २०७७ जेठ २५ गते ९:३५     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । कोरोना भाइरसको कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरेसँगै र दरभाउ वितरण समेत स्थगित गरिएको थियो ।

पछिल्ला दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया शुरु भएको भन्दै सोही बमोजिम नेपाल सरकारले बिभिन्न जिल्ला प्रशासन, सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकाे हाे ।

साेही अनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनाेज कुमार शाहले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.