गाँउ पुगेकै दिन बेलुका क्वारेन्टाइनमा एक जनाको मृत्यु

  २०७७ जेठ २५ गते ८:३१     विकासन्युज

काठमाडौं । बैतडीको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ सन्तोली भिमदत्त प्राविधिक शिक्षालय रहेको क्वारेन्टाइनमा ३१ वर्षीय युवकको मुत्यु भएको हो ।

रोजगारीको लागि भारत गएका उनी शनिबार बिहानमात्र गाँउ आइपुगेर सो क्वारेन्टाइनमा बसेका थिए । तर बेलुका एक्कासी उनको मृत्यु भएको र मृतकको स्वाब संकलनका गरी सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको लागि पठाएको पटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

सो क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी सेती अस्पताल पठाउने तयारी भइरहेको उनले बताए ।

यस अगाडी जेठ २० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको थियो । उनको पुर्चौंडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएको थियो । मृत्यु पछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.