गण्डकी प्रदेशमा ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३

  २०७७ जेठ २५ गते ७:१९     विकासन्युज

काठमाडौं । आइतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ३८ जना पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ ।

संक्रमित हुनेहरुमा स्याङ्जा वालिङ नगरपालिका निवासी १३ जना र भिरकोट नगरपालिका निवासी १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै बाग्लुङ बडिगाड गाँउपालिका ९ जना पुरुष र ढोरपाटन गाँउपालिका निवासी १ जना पुरुष सहित बाग्लुङ्मा एकैचोटी १० जनामा कोरोना पुष्टि भएको छ ।

यता गोरखा जिल्लाको पालुङटार नगरपालिकामा १ र गण्डकी नगरपालिका ९ जनामा कोरोना देखिएको छ । भने नवलपरासी वर्दघाट सुस पूर्वको हुप्सेकोट गाँउपालिका ४ जनामा कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए ।
हाल सबै संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भइरहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.