कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ २५ गते ६:१३     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६९ लाख ६६ हजार ४ सय १२ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ भने ३४ लाख ४ हजार ४ सय १५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ८८ हजार ४ सय ६१ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ भने अहिलेसम्म ६ हजार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ३ हजार २ सय ३५ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभार: वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.