शनिबार उपत्यकामा मात्र थप ५ जनामा कोरोना पुष्टि

  २०७७ जेठ २४ गते १७:२४     विकासन्युज

काठमाडौं । शनिवार काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा १ जना र काठमाडौंमा ४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए ।

राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौं महानगरपालिका निवासी ३१, ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । आजमात्र ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा ३ हजार २ सय ३५ जना कोरोना संक्रमित छन् भने ३ सय ६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै १३ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.