सैद्धान्तिक कुराले मात्र श्रमिकको हित कसरी गछौं श्रममन्त्रीज्यु : डिला संगौला

  २०७७ जेठ २४ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपालमा भएका स्रोत साधनहरु सुक्दै गएसँगै वेरोजगार दिन प्रतिदिन बढ्दै गएको छ । विश्वमा नै कोरोनाले भयाहक स्थिति पैँदा गरेसँगै गरिब, असाहय व्यक्तिहरु रोगले भन्दापनि भोकले मर्न पर्ने अवस्था रहेकाे सांसद डिला संगाैलाले बताइन ।

प्रतिनिधि सभाकाे बैंठकमा बाेल्दै सांसद संगाैलाले नेपालमा श्रम सम्बन्धि कानुन तथा कार्यविधि श्रमिकमैत्री भएकाे र निति नियमहरु कार्यन्वयन हुन नसक्दा श्रमिकले न्युनतम पारिश्रमिक पाएका छैनन्, श्रमिकप्रति उद्योग प्रतिष्ठानहरुले मैत्रीपुर्ण व्यवहार नभएकाे बताइन् ।

उनले भनिन्, ‘सामाजिक अवस्था अति कमजोर छ त्यस्तो अवस्थामा विनियोजन विधेकमा उल्लेखित सैद्धान्तिक कुराले मात्र श्रमिकको हित कसरी गछौं श्रममन्त्री ज्यु !’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च कटौती २११४१ पदाधिकारी बैंठक पताको खर्च १ सय घटाउन आग्रह गरेकी छन् ।
त्यस्तै प्रधानमन्त्री रोजगार कार्याक्रम अहिलेको आफ्नो गाँउ आफै बनाउँ कार्यक्रमले वास्तविक श्रमिकको हितका गर्न सक्दैन् केवल बाहना मात्र हुन् यो त केवल आफ्नो कार्यकर्ता पोस्ने एउटा माध्यम रहेकाे भन्दै याे यसले न त उत्पादन बढ्छ न त वास्तविक श्रमिकले यो सेवा पाउन भन्ने आशंका व्यक्त गरिन् ।

यस वर्ष पनि सरकारले श्रमिकलाई ५ प्रतिशत व्याजमा सहुलित ऋणको व्यवस्था ल्याएको छ । १० लाखसम्म पाउन सक्ने उक्त ऋण राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट लिने व्यवस्था अति झन्झटिलो हुँदा श्रमिकले नपाएको सहुलियत कर्जा नपाएको गुनासो अब पनि दोहोरी पक्का रहेको उनले बताइन ।

अर्थमन्त्रीकाे नियतमा नै शंका

रासायनिक मल र विद्युतिय बहानमा बढेको करले अर्थमन्त्रीको नियतमा नै शंका उठेको देखिन्छ अर्थमन्त्रीज्यु । एकातिर किसानलाई राहत दिने कुरा अर्काे तिर रसायन मलमा कर वृद्धि गर्दा दोहोरो मापदण्ड भएन र । त्यस्तै चक्लेटमा कर घटाएको अर्थ के हो ? नेपालमा उत्पादिन दुध खेर गइरहेको बेलामा आयातित चक्लेटमा कर वृद्धि गरि नेपाली चक्लेटलाई प्रोत्साहन गर्नुको साट्टो यो उल्टो बाटो किन हिड्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.