डब्ल्यूएचओले जारी गर्याे नयाँ दिशानिर्देशन, सार्वजनिक स्थानमा मास्क प्रयाेग गर्नैपर्ने

  २०७७ जेठ २४ गते ८:०८     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देशन जारी गरेको छ । स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताउँदै आएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने पार्वजनिक स्थानहरुमा मास्क लगाउन आग्रह गरेको छ ।

सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सबैलाई निर्देशन दिएको छ ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा.मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट जोगिन सकिने बताएकी छन् ।

यस अगाडी डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताउँदै आएको थियो ।

डब्ल्यूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन अनिवार्य रुपमा माक्स लगाउनुपर्ने उल्लेख गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.