देशभरको मौसम सामान्यतय पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षा

  २०७७ जेठ २४ गते ७:२७     विकासन्युज

काठमाडाैं ।  देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व, मध्य र पश्चिमका केही तथा मध्य पश्चिम र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भएको जनाइएको छ । सबै क्षेत्रमा सामान्यदेखि पूर्ण बदली महाशाखाले जानकारी दिएकाे छ ।

निसर्ग आँधीको सामान्य प्रभाव रहेको र प्रभाव कम हुने क्रममा भए पनि न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली तथा वर्षा भएको मौसमविदकाे भनाइ छ ।

दिउँसाे अधिकांश क्षेत्रमा पूर्ण बदली रही बाँकी भू–भागको मौसम सामान्य बदली हुनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगका हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.