बागमती प्रदेशले रोजगारी सिर्जना, विनाव्याज ऋण र सुरुङमार्गलाई प्राथमिकता दिन्छः कैलाश ढुंगेल

  २०७७ जेठ २४ गते १३:४४     विकासन्युज

प्रदेश सरकारहरू अहिले बजेट निर्माण गर्न व्यस्त रहेक छन् । प्रदेशहरुले कोरोना नियन्त्रण, नयाँ रोजगारी सिर्जना र आधुनिक कृषि लगायतको विषयलाई प्राथामिकतामा राखेर बजेट निर्माणमा लागिरेका छन् । नयाँ बजेट निर्माणको कार्यमा बागमती प्रदेश सरकार पनि जुटिरहेको छ । चालु आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ८८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कतिको बजेट ल्याउँदैछ ? बजेटका के नयाँ योजना थपिले छन् ? बजेटको कस्तो आउँछ ? कुन क्षेत्रलाई नयाँ बजेटले प्राथामिकता दिन्छ ? कोरोना महामारीलाई लक्षित गरेर नयाँ कार्यक्रमहरु के कस्ता छन् भन्ने लगायत विषयमा  बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलसँग विकासन्युजका लागि राजाराम न्यौपानले गरेको कुराकानी ः

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा के–के कुरालाई प्राथमिकता दिन्छ ?

अहिले विश्वभरि नै कोरोनाको महामारी छ । त्यसमा नेपाल पनि एक हो । बागमती प्रदेश सरकारले कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर नयाँ बजेट ल्याउछ । प्रदेशका जनताको भावाना अनुसार नै नयाँ बजेट निर्माण भैरहेको छ । आर्थिक पुनरुत्थान र यसको जोखिम कम गर्नतर्फ हाम्रो बजेट केन्द्रित हुनेछ । हाम्रो प्राथामिकता भनेको कोरोना नियन्त्रण, खाद्यान्नमा आत्मनिभर, कृषि, रोजगारी, खेती योग्य जमिनमा खेतिका लागि अनुदान, ऋणको व्यवस्था र हेटौंडा काठमाडौं सुरुगमार्ग नै बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकता छन् । कोरोना महामारी नियन्त्रण, भोकमरीबाट जनताको जीवन रक्षा गर्ने, रोजगारीका नयाँ अवसरहरु सिर्जना गर्ने नै हो । आम नागरिकलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने नै हो ।

कृषिमा आकर्षण बढाउन कृषकलाई सहुलियत व्याजदरमा ऋण कति र कसरी दिने ?

समूहिक कृषि गर्न चाहनेहरुलाई प्रदेश सरकारले १ लाखदेखि ५० लाखसम्म ३ प्रतिशत व्याजमा ऋण बागमती प्रदेश सरकारले बजेट मार्फत व्यवस्था गर्नेछ । १ लाख मात्रै ऋण लिने कृषिकलाई विनाव्याज नै ऋण दिने व्यवस्था प्रदेश सरकारले नयाँ बजेटले समेट्ने छ । बाँझो जमिनलाई खेती गर्ने किसिमको बजेट आउछ । कृषिमा आकर्षण बृद्धी हुँदा बागमती प्रदेश खाद्यान्न आत्मनिभर हुन्छ । यसले प्रदेश र देशलाई नै फाइदा पुर्याउँछ । बिनाव्याजको ऋणले बाँझो रहेको जमिनहरु प्रयोगमा पनि आउछन् ।

नयाँ रोजगारी सिर्जनालाई बजेटले कसरी समेट्छ ?

कोराना भाइरसको कारणले वैदेशक रोजगारीमा गएका नेपालीहरु पनि नेपाल नै फर्किने अवस्था आएको छ । घरेलु तथा साना उद्योग सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्नेछ । सामूदायिक बनमा पनि कृषि उत्पादन गर्न सयोग गर्नेछ । समूहिक कृषि, साना र घरेलु उद्योगमा आकर्षण हुदा पनि ७/८ लाख नयाँ रोजगारी सिर्जना हुन्छ ।

बजेटले कृषिलाई प्रथामिकतामा राख्ने भनिरहदा अहिले कृषकले उत्पादन गरेका बस्तुहरु बिक्री भएका छैनन्, यसलाई कसरी बजेटले व्यवास्थापन गर्छ ?

कृषकले उत्पादन गरेको बस्तु बिक्री भएन भने प्रदेश सरकारले किन्छ । प्रदेश सरकारले त्यो बस्तुलाई प्रयोग गरेर दोस्रो बस्तु बनाउँछ । अब आउने बजेटले कृषकले उत्पादन गरेको बस्तुको बजार पनि व्यवस्थापन गर्छ । कृषकले पशुपालन गरेर बिक्री गरेको दुधमा अहिले प्रतिलिटर १ रुपैंया अनुदान दिएको छ । अब त्यसलाई वृद्धि गरेर २ रुपैया वा त्यो भन्दा पनि बढि बनाउनेछ । कोरोना भाइरसले अहिले अर्थतन्त्र र मानिसलाई असर पारेको छ ।

आर्थिक पुनरुत्थान र यसको जोखिम कम गर्नतर्फ हाम्रो बजेट केन्द्रित हुनेछ । अहिले स्वास्थ्यका भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिन्छ । प्रविधिक शिक्षालाई प्राथामिकता दिन्छ । बागमती प्रदेशले कोरोना नियन्त्रका लागि ठूलो मात्रामा बजेट व्यवास्था गर्नेछ । हाम्रो नीति तथा कार्यक्रम मार्फत पनि बागमती प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषि, सुरुगमार्ग र रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थियो । त्यसै अनुसार नयाँ बजेट आउने छ ।

बागमती प्रदेश सरकारको अहिलेको आवश्यकता के हो ?

अहिलेको आवश्यकता भनेको कोरोना भाइरसको महामारीलाई कसरी नियन्त्रणमा ल्याउने र रोकथाम गर्ने भन्ने हो । कोरानाको उपचार, नियन्त्रण तथा रोकथाममा नै हाम्रो ध्यान गैरहेको छ । हामी स्वास्थ्यका लागि अवाश्यक पूर्वाधार निर्माण पनि केन्द्रीत छौं । अब आउने नयाँ बजेटले पनि त्यसैलाई ध्यान दिन्छ । स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउने कुरा पनि बजेटले समेट्ने छ ।

नयाँ बजेट कति अर्बको आउछ ?

केन्द्रले पनि बजेटको आकार घटाएको छ । हाम्रो पनि आगामी आर्थिक वर्षको बजेटको आकार केही मात्रामा घटेर आउछ । चालु आर्थिक वर्षमा ४७ अर्ब ६० करोडको बजेट आएको थियो । आयस्रोतहरु घटेकोले नयाँ बजेट केही घटेर आउँछ । चालु आर्थिक वर्षमा सञ्चालिन योजना र परियोजनाहरुलाई नयाँ बजेटले समेटने छ ।

चालु आर्थिक वर्षको बजेट कति प्रतिशत कार्यान्यवन भयो ? विकास निर्माणको अवस्था कस्तो छ ?

चालु आर्थिक वर्षको बजेटमा कोरोनाले प्रभाव पार्यो । विनियाेजन भएको बजेटमध्ये ६० प्रतिशत मात्रै खर्च हुन्छ होला । अझै विकास निर्माण गर्ने केही समस्या बाँकी छ । त्यो बाँकी समयमा काम गर्दा ६० प्रतिशत बजेट खर्च हुने देखिन्छ । सरकारले बजेट कार्यान्वयनमा एकदमै राम्रोसगँ काम गरिरहेको छ । कोरोनाको कारणले सोचे जसरी काम गर्न सकिएन । कोरोनाले मुख्य काम गर्ने ३ महिनाको समयमा काम नै गर्ने अवस्था भएन । कोरोना भाइरसको कारणले सिर्जना गरेको लकडाउनले गर्दा केही समय विकास निर्माणका कामहरु ठप्प भयो ।

अहिले विकास निर्माणको काम तिब्र गतिमा भहिरहेको छ । लकडाउन कै समयमा पनि सुरक्षा सर्तकता अपनाएर कामहरु निरन्तर भहिरहेको छ । कोरोनाले विकास निर्माणको काम बिथोले पनि समग्रमा हेर्दा हाम्रो बजेट कार्यान्वयन राम्रो नै छ ।

संघीय सरकारले ल्याएको बजेटमा बागमती प्रदेशको धारणा के छ ?

समय अनुसार राम्रो बजेट आएको छ । आयस्रोत घटेको बेलामा केन्द्र सरकारले पनि बजेट घटाएको छ । स्वास्थ्य, साना ताथ घरेलु उद्योगको उत्थान, नयाँ रोजगारी सिर्जना, कृषिमा धेरै बजेट हालेको छ । यो राम्रो कुरा हो । बजेटले कोरोनाको महामारी, भोकमरी र रोजगारी लगायतका कुरामा केन्द्रित भएको छ । सुरुगमार्गलाई केन्द्रले पनि बजेट हालेको छ । राष्ट्रिय गौरवका सबै आयोजनाहरुलाई केन्द्रले प्राथामिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.