एकै दिन ४३ जना काेराेना निकाे भएर डिस्चार्ज

  २०७७ जेठ २३ गते २०:२९     विकासन्युज

काठमाडौं ।  आज एकै दिन ४३ जना काेराेना निकाे भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता विकास डा देवकोटाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १५ बर्षदेखि ४५ वर्षका तीन जना पुरुष रहेका छन् । उनीहरु सातौँदेखि ११ औँ दिनमा डिस्चार्ज भएका हुन ।

यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पताल बाँकेबाट एक महिला र १२ पुरुष रहेका छन् । उनीहरुको अस्पताल बसाई १४ औँ दिनदेखि ३० औँ दिनसम्म रहेको छ । यस्तै कोशी अस्पताल विराटनगरबाट १६ वर्षदेखि ५७ वर्षका चार महिला र २३ पुरुष डिस्चार्ज भएका छन् । उनीहरुको अस्पताल बसाईको छैटौँँ दिनदेखि ३० औँ दिनसम्म रहेको छ ।

अहिलेसम्म कूल ३ सय ३३ जना डिस्चार्ज भएका उनले बताए । तीमध्ये ६१ महिला र २७२ पुरुष रहेका छन् । अहिलेसम्म सङ्क्रमितको अस्पताल बसाई औषत दिन १५ रहेको छ । पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट परीक्षण एक लाख ३२ हजार ९६६ व्यक्तिको गरिएको छ । आइसोलेसनमा दुई हजार ५६८ र क्यारेन्टिनमा एक लाख ६६ हजार ७६५ व्यक्ति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.