‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजनाका विजेताले पाए एक/एक लाख रुपैयाँ

  २०७७ जेठ २३ गते १९:०५     विकासन्युज


काठमाडौं । डिशहोमकाे ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाका विजेताले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका छन् । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका हुन् ।

यस योजनाअन्तर्गत २०७७ साल जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ । योजनाअनुसार जेठ २३ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाईभ लक्की ड्र प्रसारण गरिएको थियो ।

लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासआईडी नंम्बर ७१९०२८६६३०१, ७१९०८९१८७०० लाई विजेता घोषणा गरिएको छ । विजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार प्रदान गरिने भएको छ । आउने लाईभ लक्की ड्र २०७७ साल जेठ ३०गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने डिशहोमले जानकारी गराएको छ ।

जेठ २३गते शुक्रबार देखि जेठ २९ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेठ ३० गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.