नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघ्याे

  २०७७ जेठ २३ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघेकाे छ । बिहिबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघेकाे  हाे।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय ७८ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका हुन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ सय १२ पुगेकाे छ जसमा ३ सय ३३ जना घर फर्किसकेका छन् र ११ जनाकाे मृत्यु भईसकेकाे छ ।

हाल देशभर १ लाख ६६ हजार ७ सय ६५ क्वारेन्टिनमा  छन् भने २५ सय ६८ जना आईसाेलेसनमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.