संसदमा सासंद भन्छन्ः सबै मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई दिऔं

  २०७७ जेठ २३ गते १६:१७     विकासन्युज

काठमाडौं । नेकपाका सांसद झपड रावलले अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै मन्त्रालयको बजेट मनोमानी रुपले कटौती गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्री खतिवडाले आफ्नो मनोमानी रुपले विभिन्न मन्त्रालयकाे सिलिङ बजेट कटौती गरेकाे आरोप लगाएका हुन् ।

उनले अर्थमन्त्री खतिवडालाई सबै मन्त्रालयको जिम्मेवारी दिन पनि सुझाव दिए । ‘मैले धेरै मन्त्रीहरुलाई बजेट किन कटौती गरेको भनेर सोधेँ, उनीहरुले हामीले नभई अर्थमन्त्रीले नै बजेट कटौती गरेको प्रतिक्रिया दिए, त्यसो भए उनीहरुलाई किन ? सबै मन्त्रालयको जिम्मा अर्थमन्त्रीलाई नै दिऔं,’ उनले भने ।

साथै, आफुले धेरै सेती लोकमार्गमा बढी बजेट विनियोजन गर्नको लागि धेरै प्रयास गरेको भएपनि झन त्यसमा बजेट घटेर आएको गुनासो गरे । यसरी अन्य मन्त्रालयको बजेट पनि अर्थमन्त्रीले नै काट्ने हो भने अन्य मन्त्री राख्नुको अर्थ नभएको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.