गोरखापत्र संस्थानका तत्कालिन महाप्रबन्धक कोइरालासहित चार जनाविरुद्द भ्रष्टाचारकाे मुद्दा

  २०७७ जेठ २३ गते १५:३७     विकासन्युज

काठमाडौं । गोरखापत्र संस्थानका तत्कालिन महाप्रवन्धक सुशिल कोइरालासहित चार जना विरुद्द मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्द शुक्रबार विशेष अदालतमा मुद्दा २६ लाख १६ हजार रुपैयाँ हिनामिना गरेको भन्दै दायर गरेको हो ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको भन्दै उनीहरु विरुद्द मुद्दा दायर गरिएको बताइएको छ ।

संस्थानका तत्कालिन महाप्रवन्धक कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्ने सम्झौताको विपरीत गोरखापत्र संस्थानको तर्फबाट भन्सार छुटको लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी संस्थानलाई हानि नोक्सानी गराउने कार्य गरेकोले उनी विरुद्द मुद्दा दायर भएको हो ।

यस्तै, संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, संस्थानकै तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी, कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसाली विरुद्द पनि मुद्दा दायर गरिएको हो । उनीहरु चारै जना विरुद्द छब्बीस लाख सोह्र हजार दश रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ. दफा बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.