रुकुम घटना अध्ययन गर्न संसदीय समिति गठन हुने

  २०७७ जेठ २३ गते १२:२७     विकासन्युज

काठमाडाैं । चौरजहारी घटनाको अध्ययन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उक्त घटनाको विषयमा अध्ययन र अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने जानकारी गराएका हुन्।

त्यसअघि शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पश्चिम रुकुम घटनामा संसदीय समिति गठन नगरिए सदन अवरुद्ध गर्न बाध्य हुने चेतावनी दिएकी थिइन् ।

रुकुम घटनाको विषयलाई लिएर यसअघिका बैठकमा पनि कुरा उठेकोमा सदनको ध्यानाकर्षण भएको भन्दै सभामुखले संसदीय विशेष समिति बनाउने घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.