यूनियन लाइफका बीमितहरुले अनलाईन मार्फत बीमाशुल्क भुक्तानी गर्न सक्ने

  २०७७ जेठ २२ गते २१:२५     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे बाट जुनसुकै प्रकारको बीमाशुल्क रकम भुक्तानी गर्न पाउने भएका छन् ।

यूनियन लाइफले हालै अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे संग बीमाशुल्क भुक्तानी सम्बन्धी संझौता गरेको छ । यो संझौता भए संगै कम्पनीका बीमितहरुले घरमै बसेर प्रथम बीमाशुल्क, नबिकरण बीमाशुल्क तथा बीमालेख अन्तर्गतको ऋण लगायत सबै प्रकारका शुल्कहरु भुक्तानी गर्न सक्ने भएका छन् ।

यसैगरी उक्त अनलाइन सेवा प्रदायकहरुबाट अभिकर्ताहरुले समेत रकम भुक्तानी गर्न सक्ने ब्यवस्था गरिएको छ । बीमित तथा अभिकर्ताहरुले घरमा बसेर नै बीमाशुल्क भुक्तानी गर्ने ब्यवस्था गरिएको कारण कम्पनीको बीमा सेवा उपभोग गर्न निकै सहज हुने कम्पनीले जनाएको छ ।

लकडाउनको जटिल अवस्थामा अनलाइन भुक्तानीबाट बीमित तथा अभिकर्ताहरुले फाईदा लिने कम्पनीले अपेक्षा गरेको छ । आगामी दिनमा बीमित तथा अभिकर्ताहरुलाई फाइदा पुग्ने गरी थप प्रविधियुक्त सेवा सुविधाहरु उपलब्ध गराउदै जाने कम्पनीले जानकारी दिएको छ । देशब्यापी रुपमा शाखा संजाल बिस्तार गरेको यूनियन लाइफल बीमा क्षेत्रमा समेत छोटो अवधिमा स्थापित हुन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.