सेञ्चुरी बैंकद्धारा कलाकर्मीलाई सहयोग

  २०७७ जेठ २२ गते १७:३९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कारोनाको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तित्वहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका व्यक्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको हो ।

बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.