स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

  २०७७ जेठ २२ गते १६:२८     विकासन्युज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह नियुक्त भएका छन् । विभागका महानिर्देशकमा सिंह नियुक्त भएकाे राष्ट्रिय सुचना तथा स‌चार केन्द्रले जनाएकाे छ ।

विभागका पुर्व महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ मन्त्रालयमा तानिएसँगै उनी उक्त पदमा नियुक्त भएका हुन् ।  यसका साथै मन्त्रालयले व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललको पनि सरुवा गरेको छ। डा‍. रमेश खरेललाई उनकाे जिम्मेवारी दिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.