सीडीओ र व्यवसायीको वार्ता सकियो, लकडाउन खुकुलो बनाउन सिफारिस

  २०७७ जेठ २२ गते १५:३७     विकासन्युज


काठमाडाैं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र व्यवसायीबीच भएकाे छलफल सकिएकाे छ । लकडाउनकाे अबधिमै व्यापारीहरूले आफूखुसी न्युरोडलगायत विभिन्न ठाउँमा पसल खोलेपछि काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारी(सीडीओ) को आकस्मिक बैठक बसेकाे थियाे ।

बिहीबार बसेकाे उक्त बैठकमा सीडीओहरूले व्यापारीले आफूखुसी पसल खोलेकोबारे सरकारलाई जानकारी गराउने निर्णय भएकाे छ ।

‘लकडाउन खुकुलो बनाउने वा थप कडा बढाउने भन्नेबारे हामीले निर्णय गर्ने कुरा हाेइन, तर लकडाउन केही खुकुलो बनाउन सकिन्छ कि भन्ने सिफारिस गरेका छाैं ।’- भक्तपुरकी सीडीओ हुमकला पाण्डेले बताइन् । साथै, उनले बैठकका निर्णयहरू क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई जानकारी दिइने बताइन्।

यससँगै लकडाउन खुकुलो बनाउने वा थप कडा बढाउने भन्नेबारे आज अपरान्ह बस्ने मन्त्रिपरिषदकाे बैठकले निर्णय गर्ने छ ।

सम्बन्धित समाचारहरूः

‘नयाँ मोडालिटी बनाएर लकडाउनलाई खुकुलो बनाइने’

आज मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् छलफल हुने विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.