उद्योग व्यवसायीको चौतर्फि दवावमा सरकार, मन्त्रिपरिषद्ले व्यापार/व्यवसाय खोल्ने निर्णय गर्ला ?

  २०७७ जेठ २२ गते १५:१६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा नै व्यापारीहरुले पसलहरु खोल्न थालेका छन् । उद्योगीहरुले पनि कोरोनासगँ सुरक्षित रहेर उद्योग, व्यापार र कलकारखाना खोल्न माग गरिरहेका छन् ।

नेपाल उद्योग परिसंका अध्यक्ष सतिश मोरले आफुहरुले व्यापार व्यवसाय खोल्न पाउनु पर्ने दवाव दिँदै आएकोले आज बस्ने मन्त्रिपरिषद् बैठकले व्यापार व्यवसाय खोल्न पाउने निर्णय गर्नेमा आफु ढुक्क भएको बताए ।

आर्थिक गतिविधि ठप्प भएकोले विश्वले नै लकडाउनकै समयमा उद्योग, व्यापार र कलकारखानाहरु चलाइरहेको छ, छिमेकी देश भारतले पनि लकडाउनकै बिचमा उद्योगधन्दा, कलकारखाना र व्यापार सुरु गरिसकेको छ, हामीले पनि अब सुरु गर्नुपर्छ,’ उनले भने ।

‘हामीले सरकारलाई लकडाउनको समयमा नै उद्योग सञ्चालन गर्न सकिन्छ भनेर सुझाव दिएका छौं, आशा छ सरकारले व्यापार व्यवसाय खोल्न सक्ने निर्णय गर्छ,’ उनले भने । अर्थतन्त्र चलायमान बनाउन पनि उद्योग र व्यापार सुरु गर्नुको बिकल्प नभएको उनले बताए । नेपाल चेम्बर अर्फ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि आफुहरुले सरकारसँग व्यापार व्यवसाय खोल्न पाउनु पर्ने माग राखेकोले त्यसमा सरकार सकारात्मक रहेको बताए ।

‘हामीले काठमाडौं, भक्तपुर र ललितपुरको सिडियोसगँ पनि उद्योग र व्यापार सञ्चालन गर्ने विषयमा छलफल गरेका छौं, संघीय सरकारदेखि स्थानीय सरकारसगँ पनि हामीले छलफल गरेका थियौं, सबै सरकार उद्योग र व्यापार सञ्चालनका लागि सकारात्मक छन्,’ श्रेष्ठले भने ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आज बस्ने मन्त्रीपरिषदबाटै उद्योग र व्यापार सञ्चालनको विषयमा लचिलो निर्णय भएर आउनेमा आफु ढुक्क भएको बताए । ‘लकडाउनले सबैलाई समस्या परेको छ, अर्थतन्त्रका लागि पनि अब सुरक्षित रहँदै उद्योगधन्दा र व्यापार सञ्चालन गर्नुको विकल्प छैन्, आज बस्ने मन्त्रीपरिषद्को निर्णयले पनि उद्योग सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्नेमा म विश्वस्त छु,’ ढकालले भने ।

सरकारले ७३ दिन देखि जारी राखेको लकडाउनको विरोध गर्दै आजबाट व्यापारीहरुले पसल खोल्न सुरु गरेका छन् । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते देखि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म, चौथो चरणमा वैशाख १५ गतेसम्म र पाँचौं चरणमा वैशाख २५ गतेसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श पनि गरेका थिए । छलफलमा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् ।

लामो लकडाउनका कारण व्यवसायीहरु समस्यामा परेकोले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका हुन । सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्ने व्यवस्था गरेको थियो । अब लकडाउन कुन मोडालिटीमा गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले निर्णय गर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.