एनसेलको सीम चलाउनु हुन्छ ? यस्ता छन् भ्वाईस र डेटा अफरहरु

  २०७७ जेठ २२ गते ११:५१     नविन पाेखरेल

काठमाडौं । एनसेल प्रयोगकर्ताहरुले विभिन्न डाटा प्याक तथा भ्वाईस प्याकको सुविधा उपयोग गर्दै आएका छन् । एनसेलले ग्राहक समक्ष प्याकसँग सम्बन्धित विभिन्न किसिमको एसएमएस समेत पठाउँने गर्छ ।

आज हामीले एनसेल मार्फत ग्राकहरुले लिने भ्वाईस प्याक तथा डाटा प्याकको बारेमा चर्चा गरेका छौँ ।

भ्वाईस प्याक

एनसेलले ग्राहकहरुलाई अंग्रेजी नयाँ बर्ष २०२० को अवसरमा दैनिक, साप्ताहिक, मासिक तथा अन्य किसिमका भ्वाईस प्याक उपलब्ध गराउँदै आएको छ । ग्राकहरुले १७११८ डायल गरी एनलेलको सो प्याक खरिद गर्न सक्छन् ।

डेली प्याक

दैनिक ११ रुपैयाँ ४९ पैसामा १२ मिनेसम्म कुरा गर्न मिल्ने प्याकको सुविधा ऐनसेलमा रहेको छ । सो प्याक दिएका ग्राहकहरुले १२ वटा नाईट एसएमएस पठाउन मिल्ने एनसेलको वेवसाईटमा उल्लेख छ ।

यस्तै, १५ रुपैयाँ ३२ पैसामा भने ग्राहकहरुले २२ मिनेट कुरा गर्न सक्ने छन् । यस प्याक खरिद गर्दा २२ वटा नाईट एसएमएस पठाउन सकिन्छ ।

डेली प्याकोलागि २४ घण्टाको समय तोकिएको छ ।

थ्री डे प्याक

ग्राहकरुले ३ दिनकालागि प्याक दिन सक्ने आफ्नो वेव साईटमा उल्लेख गरेको छ । सो प्याक अनुसार ग्राहकहरुले ३१ रुपैयाँ ९२ पैसामा ५५ मिनेट कुरा गर्न सक्नेछन् । साथै, ५५ वटा नाईट एसएसएसको सुविधा यस प्याक अन्र्तगत पाउँन सकिन्छ ।

थ्री डे प्याक ३ दिनको अवधिसम्म तोकिएको प्याक हो ।

विक्ली प्याक

विक्ली प्याक अन्र्तगत एक हप्ताका लागि लिइने प्याकहरु पर्छन् । सो प्याक अनुसार ग्राहकहरुले ६२ रुपैयाँ ५७ पैसामा ७५ मिनेट कुराकानी गर्न सक्छन् । यसको साथै यस प्याक खरिद गर्दा ७५ वटा नाईट एसएमएसको सुविधा उपलब्ध छ ।

विक्ली प्याकमा ७१ रुपैयाँ ५१ पैसामा ग्राहकहरुले १ सय २५ मिनेट कुराकानी गर्न सक्छन् । साथै, १ सय २५ वटा नाईट एसएमएसको सुविधा यस प्याकमा छ ।

विक्ली प्याकलाई ७ दिनको समय तोकिएको छ ।

मन्थ्ली प्याक

या्े प्याकमा २ सय ४ रुपैयाँ ३ पैसामा ग्राहकहरुले ४ सय २५ मिनेट कुराकानी गर्न सक्ने छन् । उक्त प्याकमा ४ सय २५ वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ ।

३ सय ६ रुपैयाँ ४६ पैसामा ग्राहकहरुले ७ सय मिनेट कुराकानी गर्न सक्नेछन् । सो प्याकमा ७ सय २० वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ । मन्थ्ली प्याकको लागि ३० दिनको समय तोकिएको छ ।

टाईम बेस्ड प्याक

एनसेलले टाइम बेस्ड प्याक समेत ग्राहकहरु समक्ष उपलब्ध गराउँदै आएको छ । सो प्याक अन्र्तगत ग्राहकहरुले डे, अनलिमिटेड डे तथा नाईट प्याक खरिद गर्न सक्नेछन् ।

डे प्याक

एनसेलको टाईम बेस्ड प्याक लिदा ग्राहकहरुले ८ रुपैयाँ ९४ पैसामा ३५ मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ ।

डे अनलिमिटेड

यस प्याक अन्र्तगत ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा ७ सय २० मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ ।

नाईट प्याक

८रुपैयाँ ९४ पैसामा ग्राहकले १ सय मिनेट कुरा गर्न सकिने सुविधा एनसेलमा छ । उक्त नाईट प्याकका लागि बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मको समय तोकिएको छ ।

नाईट एसएमएस

एनसेलले भ्वाईस प्याक लिने ग्राहकहरुकोलागि नाईट एसएमएसको सुविधा समते तोकेकाा छ । नाईट एसएसएसकोलागि बेलुकाको १० बजेदेखि बिहानको ६ बजेसम्म गर्न सकिन्छ । ग्राहकहरुले एउटा एनसेलको नम्बरबाट अर्को एनसेलकै नम्बरमा मात्र सो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था छ ।

बाँकी रहेको भ्वाईस प्याक कसरी हेर्ने ?

ग्राहकहरुले आफ्नो बाँकी रहेको भ्वाईस प्याकको बारेमा जानकारी लिन एस टाइप गरी १७११८ एसएसएस गर्न सक्नेछन् ।

न्यू प्याक रेट्स

एनसेलमा कुनै प्याक सुविधा नलिई ग्राहकले आफ्नो मेन व्यालेन्सबाट डाटा चलाउँदा २ रुपैयाँमा २ एमबी, ५ रुपैयाँमा ७ एमबी, १० रुपैयाँमा १७ एमबी तथा २० रुपैयाँमा ३७ एमबी डाटा सित्तैमा प्राप्त गर्न मिल्नेपनि रहेको छ ।

कल आयो पैसा पायो

अन्र्तराष्ट्रिय कल आउँदा एनसेलका ग्राहकहरुले २० रुपैयाँ बोनस पाउँने व्यवस्था छ । प्रतिमिनेट २ रुपैयाँका दरले फोन लागेको १ मिनेट पछिदेखि अन्तिम ११ मिनेटसम्म गरेर ग्राहकले बोनस पाउँन सक्छन् ।

रिचार्जमा चमत्कार

एनसेलको यस योजना अन्र्तगत ग्राहकहरुलाई केही तोकिएको कोड परेमा पहिलो १० लाख, दोस्रो १० तथा तेस्रो १० लाख रुपैयाँ लगायतका पुरस्कारको व्यवस्था गरिएको छ ।

अनलिमिटेड डे भ्वाइस एण्ड डाटा अफर

अनलिमिटेड डे भ्वाइसको अफर ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा प्राप्त गर्न सक्नेछन् । उक्त अफर ग्राहकहरुले बिहान ५ बजेदेखि बेलुकाको ५ बजेसम्म प्रयोग गर्न सक्ने छन् । सो योजनाको अवधि २४ घण्टासम्म कायम रहन्छ ।

यस्तै, वान आवर अन लिमिटेड डाटा प्याक २२ रुपैयाँ ६० पैसामा पाउँन सकिने व्यवस्था छ ।

पहिलो सिम

पहिलो सिम योजना एनसेलले एसइइ परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरेर ल्याएको हो । यस योजना अन्र्तगत पहिलो पटक एनसेल सिम लिएका ग्राहकहरुले केही विषेश छुट पाउँन सक्छन् ।

पहिलो पटक एनसेलको सिम लिएका विद्यार्थी ग्राहकहरुले एक महिनासम्म कुनै निश्चित ५ नम्बरमा सित्तैमा कुरा गर्न सकिन्छ । त्यसपछि ९९ पैसामा निश्चित गरेको ५ वटा नम्बरमा प्रति मिनेछ ९९ पैसामा कुरा गर्न सक्छन् । यो योजना एक वर्षकोलागि लागू हुनेछ ।

यस्तै, ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा ग्राहकहरुले सय एमबि डाटा, सय वटा एसएमएस प्राप्त गर्न सक्छन् । सो सुविधा २४ घण्टाकोलागि लागू हुन्छ ।

मेरो प्लान

मेरो प्लान योजना विषेश गरेर युटुव चलाउन खोज्ने ग्राहकहरुलाई लक्षित छ ।

मेरो प्लान अन्र्तगत ९५ रुपैयाँ ७७ पैसामा २ जिबी तथा १ सय ९१ रुपैयाँ ५४ पैसामा ६ जिबी डाटा प्याक पाउँन सकिन्छ ।

यस्तै, मेरो प्लान मन्थ्ली मा २ सय ५४ रुपैयाँमा २ जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये एकजिबी युटुवकालागि फ्री हुनेछ ।

३ सय ८१ रुपैयाँमा ६ जिबी डाटा पाइन्छ सो मध्ये ३ जिबी युटुवकालागि सित्तैमा प्रयोग गर्न सकिन्छ ।

६ सय ३७ रुपैयाँमा १२ जिबी डाटा पाउन सकिन्छ सो मध्ये ६ जिबी डाटा युटुवकालागि सित्तैमा चलाउँन सकिन्छ ।

१ हजार २० रुपैयाँमा ३० जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये १५ जिबीबाट युटुवका सित्तैमा चलाउन सकिन्छ ।

१२ सय ७५ रुपैयाँमा ५० जिबी डाटा पाउन सकिन्छ, सो मध्येबाट २५ जिबीले सित्तैमा युटुव चलाउन मिल्छ ।

अनलिमिटेड गफ रातभरी

यस योजनामा ८ घण्टासम्म कुरा गर्न सकिने व्यवस्था रहेको छ । ग्राहकहरुले उक्त अनलिमिटेड गफ रातभरी प्याक १२ रुपैयाँमा खरिद गर्न सक्ने छन् । बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मलाई तोकिएको यस प्याकको अवधि भने २४ घण्टाकोलागि मान्य हुने व्यवस्था छ ।

विक्ली भ्वाइस प्याक

विक्ली भ्वाइस प्याकमा १ सय २७ रुपैयाँ ७ सय मिनेटसम्म कुरा गर्न सकिन्छ ।

रिर्चाजमा ह्याप्पी आवर

यस योजनामा सय वा सोभन्दा बढीको रिचार्ज गरेमा ह्याप्पी आवर मनाउँन पाइने छ । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म कुनैपनि एनेसेल नम्बरमा कल गर्दा सो सुविधा पाउँन सकिन्छ ।

साथै, ह्याप्पी आवर भन्नाले प्रतिकल ग्राहकहरुले ९९ पैसासम्मको डिस्काउण्ट प्राप्त गर्न सक्छन् । दिनको समयमा फोनको प्रयोग गर्ने ग्राहकहरुको यस किसिमको योजनामा विषेश आकर्षण रहेको छ ।

होली अफर

एनसेलले चाड पर्वलाई लक्षित गरेर समेत आफ्ना योजनाहरु ग्राहक समक्ष ल्याउँने गरेको छ । यस्तै, होलिको समयमा एनसेलले होली अफर संचालन गरेको थियो ।

उक्त योजना अनुसार सय रुपैयाँको रिचार्ज गर्दा सय एमबी डाटा ग्राहकले ३० दिनकालागि प्राप्त गरेका थिए ।

यस्तै, २ सयको रिचार्ज गर्दा सय एमबीको डाटा ३ महिनालाई दिइएको थियो । ५ सयको रिचार्ज गर्दा ग्राहकहरुलाई ३ सय एमबी डाटा तथा ५० मिनेटको बोनस टक टाइम ३० दिनकोलागि दिइएको थियो ।

साथै, हजारको रिचार्ज गर्दा ग्राहकलाई ५ सय एमबी तथा सय मिनेटको कल बोनस ३० दिनकालागि उपलब्ध गराईएको थियो ।

पावर सिम

पावर सिम ९९ रुपैयाँमा ग्राहकहरुले खरिद गर्न सक्छन् । उक्त सिम खरिद गरेपछि २ सय ५० एमबी अल टाइम तथा २ सय ५० एमबी फोर जी डाटा पाउँन सकिन्छ ।

सोही पावर सिम खरिद गर्दा ग्राहकहरुले सय वटा एसएमएस तथा १० मिनेटसम्म एनसेलको नम्बरमा कुरा गर्ने अफर प्राप्त गर्छन् । यो अफर एक साताको लागि उपयोग गर्न सकिन्छ ।

पिआरबिटी टोन राख्न चाहने ग्राहकहरुले एक महिनासम्म सित्तैमो सो टोन समेत राख्न सक्ने एनसेलको वेवसाईटामा उल्लेख गरिएको छ ।

अल्वेज अन डाटा

डाटाको फन अल्वेज अन भन्ने स्लोगान सहित एनसेलले यो योजना संचालन गरि रहेको छ । विषेशत डाटा चलाउन इच्छुक ग्राहकहरुले यस प्याको खरिद गर्दै आएका छन् ।

एनसेलले वान डे, थ्री डे, सेभेन डे, तथा थर्टी डे प्याकहरु यस योजनामा संचालन गरिरहेको छ ।

वान डे

यस योजनामा ग्राहकहरुले २५ रुपैयाँ ५४ पैसामा १ हजार एमबी डाटा पाउँन सक्छन् ।

थ्री डे

यस योजनामा ५१ रुपैयाँ ८ पैसामा ग्राहकहरुले २४ सय एमबी डाटा पाउँन सक्छन् ।

सेभेन डे

सात दिनको प्याकमा ९७ रुपैयाँ ४ पैसामा २१ सय एमबी डाटा पाउँन सकिन्छ ।

थर्टी डे प्याक

४ सय ८९ रुपैयाँ ५ पैसामा १५ हजार एमबी डाटा पाउँन सकिन्छ । साथै, थर्टी डे प्याकमा नै ९ सय ७९ रुपैयाँ ३८ पैसामा भने ३६ हजार एमबी डाटा पाउन सकिन्छ ।

स्टे सेफ

यस योजनामा कोरोनामाथिको जित स्टे होम स्टे सेफ भन्ने नाराको साथमा एनसलेले अघि सारेको हो । १० जिबी माईक्रोसफ्ट टिम डाटा यस योजनामा उपलब्ध छ । यस्तै, चार जिबी अल टाइम डाटा तथा २ जिबी युटुुव भिडियो चल्ने डाटा एनसेलले उक्त योजनामा संचालन गरि रहेकोे छ ।

१ सय ९१ रुपैयाँ ५४ पैसा पर्ने उक्त प्याक प्रयोग गर्न सकिन्छ । भ्वाइस तथा डाटामा ग्राहकहरुलाई केन्द्रित गरेर योजना बनाइ रहेको एनसेलले यो योजना समेत ल्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.