प्रधानमन्त्री ओलीले भनेजस्तै भारतमा कोरोनाको फरक भाइरस पत्ता लाग्यो

  २०७७ जेठ २२ गते १०:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता भारतबाट आएको कोरोना भाइरस फरक र कडा भएको बताएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिले भारतीय मिडियामा तहल्का मच्चायो । चीनबाट आएको भाइरसभन्दा भारतबाट आएको कोरोना भाइरस अलि कडा भएको उनको भनाई थियो ।

त्यतिखेर भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको धेरै आलोचना पनि गरे । तर, साँच्चीकै अहिले भारतका वैज्ञानिकहरुले भारतमा फरक किसिमको कोरोना भएको पत्ता लगाएका छन् । हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् ।

यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ । वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए३आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ ।

सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ । भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ ।

कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन् । भारतमा यतिबेला कोरोनभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ । देशमा दुई लाख ७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतीय सञ्चारमाध्यमको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.