कतारमा अलपत्र परेका नेपाली फर्काउन यस्तो छ राजदूतवासकाे योजना

  २०७७ जेठ २२ गते ९:१५     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी सरकारले गरेकाे छ । सरकारले गत जेठ १घ गते बसेकाे बैंठक अनुसार नेपाली ल्याउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल फर्किने नागरिकलाई ७ प्रकारमा वर्गीकरण गरेको छ ।

जसमा सुत्केरी तथा गर्भवती महिलाहरुलाई वर्गीकरणको पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका व्यक्ति‚ अध्ययन समाप्त भएका विद्यार्थी‚ आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने छ ।

यसैगरी, भिजिट अथवा बिजनेस भिसामा रहेका व्यक्ति‚ श्रम अवधि सकिएका वा रोजगारी गुमाएका श्रमिक, कतारको आइडी समाप्त भएका वा आइडी नै नलागेका तथा भिसा समाप्त भएका व्यक्तिलाई सरकारले नेपाल ल्याउने जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.