कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ २२ गते ७:२९     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६५ लाख ६७ हजार २ सय २६ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८७ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ भने ३१ लाख ६४ हजार ३ सय ४६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ९ हजार १ सय ४२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख १ हजार ७ सय ८३ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ भने अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म २ हजार ३ सय जना संक्रमित भएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ सय ७८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.